१० मंसिर २०८१, सोमबार
मंगलबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९६ हजार ४०० रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २४० रुपैयाँमा कायम भएको थियो ।