पेट्रोल पम्पहरु विधुतीय प्रणालीमा सञ्चालन गर्ने निगमको योजना

होमल्याण्ड खबर

२०७५ भाद्र २० गते, बुधबार ११:५६ मा प्रकाशित

नेपाल आयल निगमले सबै पेट्रोल पम्पहरुलाई विधुतीय प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारेको छ ।

पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पहरुलाई विधुतीय प्रणालीमा सञ्चालन गर्ने सोच अघि सारिएको निगमका कार्यकारी प्रबन्ध निर्देशक शुशिल भट्टराईले जानकारी दिए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आयल निगमको व्यापार घाटा मासिक रुपमा करिव ६४ करोड हुने देखिएको पनि बताए । उनले विद्यमान घाटालाई पूर्ति गर्नु निगमको लागि मुख्य चुनौति रहेको पनि स्पष्ट पारे ।
निगमले हवाई इन्धनमा हुने नाफाले मात्रै निगमलाई टिकाउन सकिएको पनि स्पष्ट पारेको छ ।