१० मंसिर २०८१, सोमबार
राष्ट्रिय प्रजातन्त्रपार्टीलेआयलनिगमकोविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आज काठमाडौंको माइतीघरमा राप्रपाले पेट्रोलियम पदार्थ सस्तोमा किनेर महंगोमा बिक्रि गरेको भन्दै आयल निगमको विरुद्ध बिरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध प्रदर्शनमा बोल्दै राप्रपाको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिमखडाले ठूला पदमा भएका कर्मचारीलाई निःशुल्क पेट्रोल वितरण भएको कारणले गरिब जनता मारमा परेको बताए ।
उनले राज्यले लगायको ६० प्रतिशतभन्दा बढिको कर छुट गर्ने हो भने जनताले सस्तो मूल्यमा पेट्रोल पाउने दाबी पनि गरे ।
उनले करिब डेढ महिनादेखि घट्दै आएको पेट्रोलीयम पदार्थको मूल्य आयाल निगमले नेपाली जनताहरुको लागि नघटाएर कारण सडकमा आएको बताए ।
राप्रपाको विरोध पेट्रोलीयम पदार्थको मूल्य वृद्धि, नागरिकता विधेक, महंगी, कालो बजारी र भ्रष्टाचारको विरुद्धमा रहेको पनिउनले उल्लेख गरे ।