१० मंसिर २०८१, सोमबार
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा पुगेको छ । नेप्से ०.३४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.५७ अंकले बढेर ३८३.७७ विन्दुमा पुगेको छ ।
कूल २२७ वटा कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ४ वटा उपसमूहको सेयर भने घटेको छ ।
आइतबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ९१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । आज रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ८४ रूपैयाँ ५० पैसा पुगेको छ ।
यस दिन नयाँ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य २.८६ प्रतिशतले घटेर एक हजार ३ सय ६० रूपैयाँमा झरेको छ ।