१० मंसिर २०८१, सोमबार
आज (सोमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ। नेप्से परिसूचक घट्दा कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा झरेको छ । नेप्से ०.२२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८२ अंकले घटेर ३८२.९५ विन्दुमा झरेको छ ।
कूल २२४ वटा कम्पनीको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लघुवित्त फण्ड र उत्पादन तथा प्रषोधनबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।