सेयर बजारमा उच्च गिरावट

होमल्याण्ड खबर

२०७९ भाद्र ३० गते, बिहीबार १५:५७ मा प्रकाशित

असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढ्ने संकेत देखिएपछि सेयर बजार उच्च अंकले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको बिहीबारको बैठकले ब्याजदरमा यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको छ । जसले गर्दा असोजदेखि ब्याजदर बढ्ने अनुमान छ । निक्षेपको ब्याज बढेपछि त्यसले स्वतस: कर्जाको पनि बढ्न जान्छ ।

नेप्से परिसूचक ५७ अंक घटेर १९२४ अंकमा कायम भएको छ। कारोबार रकम भने बढेको छ । कुल २ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भयो। जम्मा २ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८६ को घट्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ २४, विकास बैंक १६९, फाइनान्स ९०, होटल तथा पर्यटन ९१, जलविद्युत् १००, जीवन बीमा १७७, उत्पादन १५९, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १९६, अन्य ५६ र ब्यापार उपसमूह ७८ अंक घटे ।

समृद्धि फाइनान्स तथा स्वेतगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक, रिडी पावर, अपी पावर, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी क्रमशस् अगाडि रहे ।