थन्डरबर्ड ३५० एक्स र क्लासिक गन मेटल ग्रे ३५० सीसी नेपाली बजारमा सार्वजनिक

होमल्याण्ड खबर

२०७५ आश्विन १ गते, सोमबार १२:५६ मा प्रकाशित

आइसर मोटर्सको रोयल इन्डफिल्ड थन्डरबर्ड ३५० एक्स र क्लासिक गन मेटल ग्रे ३५० सीसी नेपाली बजारमा सार्वजनिक गरेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले २ नयाँ बाइक सार्वजनिक गरेको हो । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्सले उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक हो ।
उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलो ह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रङमा उपलब्ध रहेको छ । त्यसैगरी क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर विशेषता रहेको छ ।
अनावरण लगतै दुवै बाईकको बिक्री सुरु भइसकेको छ ।