१० मंसिर २०८१, सोमबार
पोखरा महानगरपालिका–१७, बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४/७५ मा ४३ लाख ७३ हजार ६ सय १ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । मंगलबार पोखरामा सम्पन्न भएको संस्थाको १९ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए ।
अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष ४८ प्रतिशतले वृद्धि हुँदा उक्त रकम आम्दानी गर्न सफल भएको अध्यक्ष गुरुङले बताएका हुन् । अघिल्लो वर्ष संस्थाले ८ लाख ७४ हजार ७ सय २० रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।
संस्थाको सेयरपुँजी ६ करोड १३ लाख ३२ हजार ९ सय रुपैयाँ छ भने निक्षेप संकलन १२ करोड ५५ लाख ६४ हजार ३ लसय ४४ रुपैयाँ रहेको संस्थाले जनाएको छ । २०५६ सालमा ५२ जना सेयर सदस्यबाट सुरु भएको संस्थामा हाल ६ सय ९२ जना सेयर सदस्य रहेको सचिव एकदेव बरालले बताए ।