जाईका नामक जापनिज संस्थाले कन्काइमा लगानी गर्ने

होमल्याण्ड खबर

२०७५ आश्विन ५ गते, शुक्रबार १६:२८ मा प्रकाशित

जाईका नामक जापनिज संस्थाले नेपालमा पहिलो सिचाइ आयोजना अन्तर्गत शिवसताक्षी, कमल,गौरादह र गौरिगन्जका केही भुभागहरुमा सिचाइको उचित ब्यबस्थापन गर्नेभएको छ ।

कन्काइ सिचाई कार्यलयले आयोजना गरेको कार्यक्रममा बिहिबार जापनिज बिज्ञहरु ,कर्मचारीहरु र सम्बन्धित स्थानिय निकायका प्रमुख,कृषि प्राबिधिक र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कन्काइ सिचाइ डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा सिचाइको आवश्यकता र सम्भाब्यताको बिषयमा बिस्तृत छलफल गरिनुका साथै कन्काइ सिन्चाइलाई ब्यबस्थित गरिए यस क्षेत्रका किसानलाई थप लाभ हुनुका साथै झापा जिल्लाको समग्र कृषि क्षेत्रमा नै बिकासको नयाँ सम्भाबना रहने छलफलको निष्कर्ष रहेको थियो ।

कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित कुमार साह, गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, शिवसताक्षि नगरपालिकाका मेयर चन्द्र कुमार सेर्मा, कन्काइ सिंचाइ डिभिजन कार्यालय प्रमुख बिरेन्द्र यादब गौरादह नगरपालिकाका प्रसासकिय अधिकृत सागर मिश्र, गौरादह कृषि शाखाका प्रमुख प्रदिप श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।