८ मंसिर २०८१, शनिबार
गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ ।
यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।