मोटरसाइकल र स्कुटर दर्ता अब प्रदेशकै नाममा

होमल्याण्ड खबर

२०७५ कार्तिक ८ गते, बिहीबार १३:३२ मा प्रकाशित

अब मोटरसाइकल र स्कुटरको दर्ता प्रदेशकै नाममा हुने भएको छ । प्रदेशअनुसार नै दर्ता गर्ने गरी मन्त्रिपरिषदले नियमावलीमा हेरफेर गरेको छ । अब राजपत्रमा यो निर्णय प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । अब बाइकको नम्बर प्लेटमा अञ्चलको ठाउँमा प्रदेशको नाम अथवा प्रदेशको संकेत नम्बर हुनेछ ।
त्यसको पछि कार्यालयको कोड राखेर लट नम्बर र नम्बर राखेर वितरण गरिने तयारी गरिएको छ । बागमतीमा अब ‘१००’ लटका बाइकको दर्ता सुरु हुने भएको छ ।
साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको कारण् दर्ता रोकिएको थियो ।
इातयात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था थियो । यातायात मन्त्रालयले अड्चन फुकाउन अञ्चलकै नाममा दर्ता गर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि प्रधानमन्त्रीले अब अञ्चलको नाम हटाएर ल्याउन भनेका थिए । पुनः प्रदेशको नाम र संकेत नम्बर रहने गरी नियमावली संशोधनको प्रस्ताव लगिएको थियो ।