एनसेलद्वारा ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत नगद पुरस्कार वितरण

होमल्याण्ड खबर

२०७५ कार्तिक ११ गते, आईतवार १६:३३ मा प्रकाशित

एनसेल प्राइभेट लिमिटेडले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पाचौ, छैटौं र सातौं साताका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येक साता १० भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ जित्ने ‘रिचार्ज एन्ड विन’ १० सातासम्म सञ्चालनमा रहने अफर हो । भदौ १७ गतेबाट सुरु भएको यस अफरअन्तर्गत पाँचौं, छैटौं र सातौं साताका विजेताहरू क्रमशः असोज २३, असोज ३० र कात्तिक ६ गते एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाइभ ड्र कार्यक्रममार्फत छानिएका हुन् ।

एनसेलले बिहीबार (कात्तिक ८ गते) राजधानीमा एक कार्यक्रमको आयोजना गरी पाँचौ, छैटौं र सातौं साताका भाग्यशाली विजेताहरू मध्येका ८ जनालाई जनही नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रारले पाँचौं साताका दुई विजयीहरू सन्तोष श्रेष्ठ (मकवानपुर) र जितेन्द्र कुमार चौधरी (रौतहट) लाई जनही १ लाख रुपैयाँको नगद पुरस्कार हस्तान्तरण गरेका छन् । सोही कार्यक्रममा उनले छैटौं साताका विजयी मध्येका पाँच जना सुकबहादुर धुङ (पर्सा), सीतादेवी जोगी (सुनसरी), प्रल्हाद प्रसाद गुप्ता (सप्तरी), डम्बरबहादुर थापा (सिन्धुली) र सुर्यमति अहिर (रुपन्देही)लाई पनि जनही १ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यसैगरी सातांै साताका विजयी मध्येका एक बाराकी मेनका कुमारी रौनियारले पनि बिहीबार पुरस्कार ग्रहण गरेकी थिईन् । एनसेलले बिहीबार नै चौंथों साताका विजेताहरू मध्येका एक रुकुमका कुलप्रसाद ओलीलाई पनि दाङमा रहेको आफ्नो एनसेल सेन्टरबाट नगद पुरस्कार हस्तान्तरण गरेको छ । यसअघि असोज ३० गते लहानस्थित एनसेल सेन्टरबाट पाँचौं साताका दुई विजयीहरू उदयपुरका हरिबहादुर खड्का र सिराहाका प्रदीपकुमार यादवलाई जनही एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । त्यसैगरी असोज ३१ गते पाँचौं साताकै विजयी मध्येका एक दमकका भेषराज श्रेष्ठले एनसेल सेन्टर, दमकबाट पुरस्कार ग्रहण गरेका थिए ।

सातौं सातामा छानिएका १० मध्ये तीन विजयी योजनाको शर्तबमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरूको स्थानमा तीन नयाँ भाग्यशाली विजेता ग्राहकको छनोट आठौं सातामा लाइभ ड्र मार्फत नै हुने एनसेलले बताएको छ । तीन नयाँ विजयीहरू सातौं साताका लागि वितरण गरिएको कोड नम्बरहरूबाट नै छानिने छन् ।