गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

होमल्याण्ड खबर

२०७५ कार्तिक १३ गते, मंगलवार ११:४२ मा प्रकाशित

दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तारपश्चात लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए ।

गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दूरीमा रहेको लल्याङमा करिब पाँच वर्षदेखि उक्त सेवा विस्तारको प्रयास गरिए पनि हाल आएर नयाँ नेटवर्किङ सम्पन्न भएकोमा आफुूलाई खुसी लागेको वडाध्यक्ष महेश भट्टराईले बताए ।

नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइनबाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।