१३ मंसिर २०८१, बिहीबार
एसिया स्वच्छ व्यवसाय सम्मेलन २०१८ यही मंसिर ६ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । हरेक दुई वर्षमा एसिया महादेशका विभिन्न सहरहरुमा आयोजना हुने यो सम्मेलन यसवर्ष नेपालमा हुने भएको हो ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा स्वच्छ व्यवसायसम्बन्धी विभिन्न छलफल, विचार विमर्श र प्रदर्शनी आयोजना गरिने फेयर ट्रेड ग्रुप नेपालले मङ्गलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
‘दिगो विकास लक्ष्य २०३० मा स्वच्छ व्यवसायको भूमिका’ भन्ने मूल नारा रहेका यस कार्यक्रमले स्वच्छ व्यवसायको मूल्यांकन पद्धति, बजार विस्तार र स्वच्छ ज्यालाका विषयमा समेत छलफल गर्ने बताइएको छ ।
सम्मेलनको मुख्य आकर्षणका रुपमा प्रदर्शनी तथा क्रेता, बिक्रेता भेला (बिटुबी मिटिङ) पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।