इन्धन किफायति र उचित मूल्यका महिन्द्राका नयाँ मोडलका जेनेरेटर सार्वजनिक

होमल्याण्ड खबर

२०७५ मंसिर १३ गते, बिहीबार ११:३० मा प्रकाशित

महिन्द्राले दुई वटा नयाँ मोडलका जेनेरेटर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नउाँ ५ केभीए र ३२० केभीए जेनेरेटर सार्वजनिक गरेको हो । जेनेरेटर सार्वजनिक कार्यक्रममा कम्पनीले नयाँ जेनेरेटरका खरिदकर्तालाई साँचो पनि हस्तान्तरण गरेको हो ।

२०.७ बिलियन अमेरिकी डलरको व्यापारिक संस्था महिन्द्रा ग्रुप अन्तर्गत रहेको महिन्द्रा पावरले हालै नेपाली बजारमा विभिन्न रेन्जका डिजेल जेनेरेटरहरु ल्याएको छ । २५०– ३२० केभिए सम्मका जेनेरेटरमा महिन्द्राका एमपावर सिरिज इन्जिन ल्याइएको कम्पनीले जनाएको छ ।

चेन्नई स्थित महिन्द्रा रिसर्च केन्द्रमागरिएको खोज तथा अनुसन्धानर पुणेनजिकै अवस्थितचकन प्लान्टमा निर्मित नयाँ रेन्जका जेनेरेटरहरुमा एमपावर सिरिज तथानयाँप्रविधिहरु युक्त सीआरडीइन्जिनहरु विद्यमान रहेका छन् । सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने ५ केभिएको कम्प्याक्ट जेनेरेटरहरु पनिकम्पनीले बजारमा प्रस्तुत गरेको छ ।

हालै महिन्द्रापावरले नेपालीबजारमा७.५ केभिए देखि २०० केभिए सम्मका डिजेज जेनेरेटरहरु प्रस्तुत गरेको छ । जस मध्ये ५ केभिए, २५० केभिए र ३२० केभिएका जेनेरेटरहरु नयाँ हुन् । इन्धन किफायती, उचित मूल्य तथा ग्राहकको व्यापारिक क्षमतालाई बृद्धि गर्न अझ केन्द्रित रहदै आएको राष्ट्र बैंकले जनाएको छ ।

महिन्द्रा पावरका डिजेल जेनेरेटर सेटहरु नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सञ्जालमार्फत खरिद गर्न सकिनछ । कम्पनीकाआधिकारिक विक्री कक्षहरुबाट तुरुन्तै आवश्यक सहयोग एवं बिक्री पछिको सेवापनिलिन सकिन्छ । बुधबार सार्वजनिक गरेको ५ केभीए जेनेरेटरको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । देशभरिका कार्यालयलाई उपयुक्त हुने गरी डिजाइन गरिएको सो जेनरेटर छरितो भएकाले उपयोगी हुने कम्पनीको दावी छ ।