राजदूतका सहयोगीले नै ठगेर फरार

होमल्याण्ड खबर

२०७५ मंसिर १४ गते, शुक्रबार १३:१५ मा प्रकाशित

अस्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले गर गहनालगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो । अस्ट्रेलियाको प्रहरीले समेत अस्ट्रेलिया बाहिर वाङ्छुले गरेका ठगी सम्बन्धी अनुसन्धान तथा कारवाही अगाडि बढाउनका लागि इन्टरपोलमार्फत जानकारी पठाइ दिन नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ ।

वाङ्छु शेर्पाले नेपालमै पनि धेरै नेपालीलाई विभिन्न वहानामा ठगी गरेर फरार रहेकाले पीडितले शेर्पा विरुद्ध प्रहरीमा गरेको उजुरी सम्बन्धी विस्तृत जानकारी दिनकालागि दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सिंगापुरमा रहेका नेपालीलाई समेत अस्ट्रेलिया पठाइ दिने बहानामा शेर्पाले धेरैलाई ठगेको पाइएको दूतावासका काउन्सेलर राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।