११ मंसिर २०८१, मंगलवार
नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीबीच दुईपक्षीय व्यापारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर एक्स्पो २०१८ को अवसर पारेर सझादारी गरिएको चेम्बरले जनाएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरेको चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।
यसले दुईपक्षीय व्यापार र लगानी थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा विभिन्न देशका चेम्बर अफ कमर्ससँगको समझदारी गरिसकेको छ ।