११ मंसिर २०८१, मंगलवार
सिप्रदी ट्रेडिङले नयाँ टाटा टिगोर बजारमा ल्याएको छ ।
टाटा माटर्सका लागि नेपालको आधिकारिक बिक्रेताले नेपाली बजारमा अर्को आकर्षक प्यासेन्जर गाडी प्रस्तुत गरेको हो । मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोल सेडान हो । यसको न्यनतम मूल्य २७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
टाटा मोटर्सका प्योसेन्जर युनिट प्रमुख सुजन रोयका अनुसार ‘अल न्यू टिगोर’ सही मूल्यमा बोल्ड, आकर्षक बनावट र उपयुक्त प्रिमियम कम्प्याक्ट सेडान खोज्ने ग्राहकका लागि नयाँ टिगोर डिजाइन गरिएको हो । कम्पनीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट समिश्रण स्वरुप बजारमा ल्याएको दावी गरेको छ ।
सिप्रदीको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने अरुभन्दा केही फरक गर्ने दृढताअनुसार कार ल्याएको बताउँछन् ।