पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार १०:३५ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ २ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

सोमबार रातिबाट लागू हुने गरी मूल्य घटाएपछि उपत्यकामा पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको भाउ घटेर आएपछि नेपाली बजारमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ।

मूल्य घटाएपनि निगमले आगामी १५ दिनमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाउनेछ ।

अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा अहिले निगमलाई धेरै राहत मिलेको निगमले विज्ञप्तिमा जनाएको छ ।