११ मंसिर २०८१, मंगलवार
तीन दिनदेखि उकालो लागिरहेको बहुमूल्य धातु सुनको भाउ सोमबार (आज) तोलामा एकैचोटि ४ सय बढेर ५९ हजार ४ सय रुपैयाँ पुगेको छ । यो भाउ मंसिर महिना सुरु भएयताकै सबैभन्दा उच्च हो ।
हिजो आइतबार तोलामा ५ सय बढेपछि ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँ पुगेको थियो भने बिहीबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको दाँजोमा सोमबार छापावाल सुनको भाउ प्रतितोला ४ सयका दरले बढेर ५९ हजार ४ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँ पुगेको छ । आइतबार तेजाबी सुन तोलाको ५८ हजार ७ सय र चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंसिर २४ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ५९ हजार ४ सय रुपैयाँसम्म पुगेको छ । यसअघि मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो भने २३ गते ५९ हजार रुपैयाँ पुगेको थियो ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर १७ मा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ४ सय, मंसिर १८ मा ५८ हजार ३ सय, मंसिर १९ मा ५८ हजार ४ सय, मंसिर २० मा ५८ हजार ७ सय, मंसिर २१ मा ५८ हजार ५ सय र मंसिर २३ मा ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।