तोलामा १३ सयले घट्यो सुनको भाउ

होमल्याण्ड खबर

२०८२ श्रावण १ गते, बुधबार १३:५९ मा प्रकाशित

नेपाली बजारमा बुधबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको हाे । मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।