नेप्से परिसूचकमा सामान्य वृद्धि, साढे १८ अर्बको कारोबार

होमल्याण्ड खबर

२०८२ श्रावण ९ गते, बिहीबार १५:४१ मा प्रकाशित

 साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ३.७६ अंक (०.११ प्रतिशत) ले बढेर २९८२.६४ बिन्दुमा पुगेको छ ।

आज १८ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १२३ को सेयर मूल्य बढेको छ भने १२७ को घटेको छ ।

आज ग्रिन भेन्चर लिमिटेड, ट्रेड टावर, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।