अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

होमल्याण्ड खबर

२०८२ श्रावण १२ गते, आईतवार ११:०० मा प्रकाशित

अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा टेकअफको क्रममा आगलागी भएको छ।

यो घटना डेनभरबाट मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान ८८३०२३ मा भएको थियो।

यो बोइङ ७३७ म्याक्स मोडेलको विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए।

सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन्।