सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो ?

होमल्याण्ड खबर

२०८२ श्रावण २४ गते, शुक्रबार ११:१३ मा प्रकाशित

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ ।