आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ श्रावण २७ गते, सोमबार ११:१९ मा प्रकाशित

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको हो।