सुन चाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

होमल्याण्ड खबर

२०८२ भाद्र १ गते, आईतवार ११:५३ मा प्रकाशित

नेपाली बजारमा आइतबार सुन चाँदीको मुल्य घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ६ सय रुपैयाँले घटेको सुन आज ७०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन १ लाख ९५ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सोही परिणामको सुनको भाउ १ लाख ९६ हजार २०० पुगेको थियो।

यसैगरी आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।