सुनको मूल्य हालसम्मकै उच्च

होमल्याण्ड खबर

२०८२ भाद्र १५ गते, आईतवार ११:२३ मा प्रकाशित

नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यले पनि रेकर्ड बनाएकाे छ । महासंघका अनुसार आज एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेर २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । चाँदी अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।