आज घट्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८२ आश्विन १ गते, बुधबार ११:०२ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ। मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ।