जूट फेशनद्वारा नयाँ ई-कमर्श वेबसाइट सुरु, फेसनमा नयाँ आयाम थप्दै

होमल्याण्ड खबर

२०८२ आश्विन ६ गते, सोमबार १२:०७ मा प्रकाशित

आधुनिक पुरुषहरुको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि २०८२ असोज ६ गते जुट फेशनले उक्त वेबसाइट सार्वजनिक गरेको छ ।

नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकवर्गहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ, जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसन प्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसन प्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्छन् ।

कम्पनीका संस्थापक तथा सीइओ श्याम रत्न माली भन्छन्,“फेशन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईँ हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ । जूट फेशनको यात्रामा हामीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहेनेछौं ।”

नयाँ वेबसाइटको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकले ३५५ सम्मको छुटका साथै पहिलो अर्डरमा थप ५५ छुट पनि प्राप्त गर्न सक्नेछन् ।