सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

होमल्याण्ड खबर

२०८२ आश्विन २३ गते, बिहीबार ११:२९ मा प्रकाशित

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।

४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो।

११ : ०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ । यतिबेलासम्म २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ  २१३ कम्पनीको मूल्य बढ्दा ३ को घटेको छ भने ३ को स्थिर छ । लगानी तथा व्यापार ५ प्रतिशत बढेका छन् । बैंकिङ र विकास बैंक ४ प्रतिशत बढेका छन् । यीबाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।

शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी र नेपाल पुनर्बीमा धेरै कारोबार भएका कम्पनीमा क्रमश देखिएका छन् ।
हाथवे इन्भेस्टमेन्ट, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।