आज सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ कार्तिक २० गते, बुधबार १२:४९ मा प्रकाशित

नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १ हजार १०० ले घटेको छ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा रु. २ लाख ३७ हजार २०० निर्धारण गरिएको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा रु. २ लाख ३८ हजार ३०० थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। हिजो तोलामा रु. ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा रु. २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदीमा रु. २५ ले कमी आएको हो।