९ मंसिर २०८१, आईतवार
मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच बैंकका ग्राहकहरूलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालकोतर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरूमा १० प्रतिशतसम्म छुटपाउने व्यवस्था गरिएको मुक्तिनाथ विकास बैंकले जनाएको छ ।