२२ फाल्गुन २०८२, शुक्रबार
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोडको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।


आज एसबीएल डिबेन्चर २०८९ को सर्वाधिक २८ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिको २१ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा माउन्टेन इनर्जीको २० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सागर डिष्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केवलबारका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, नविल डिबेन्चरका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।
भुगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।