सुनको मूल्य एकैदिन २८ सयले बढ्यो

होमल्याण्ड खबर

२०८२ मंसिर ४ गते, बुधबार १०:५७ मा प्रकाशित

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँद ितोलाको ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ रहेको थियो ।