बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का

होमल्याण्ड खबर

२०८२ मंसिर ६ गते, शुक्रबार ११:०८ मा प्रकाशित

बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।