आज सुनको मुल्य घट्दा चाँदीको बढ्यो

होमल्याण्ड खबर

२०८२ मंसिर १२ गते, बिहीबार ११:०५ मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ ।