२६ फाल्गुन २०८२, मंगलवार
आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा बुधबारको तुलनामा बिहीबार सुन १ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
आज बजारमा छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।