तोलाकै दुई लाख ५९ हजार पुग्यो सुन

होमल्याण्ड खबर

२०८२ पुष १ गते, मंगलवार ११:१२ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को ‘रेकर्ड’ बनाइरहेको छ । यसै क्रममा मंगलबार (पुस १) पनि बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २०० रुपैयाँले बढेर दुई लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

सोमबार (मंसिर २९) दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ कायम भएको छ ।

अघिल्लो दिन ८७० रुपैयाँमा कारोबार भएको थियो ।