सुनको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८२ पुष ६ गते, आईतवार १०:५९ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो।

गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४१ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।