२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली बजारमा सुनचाँदी मूल्यमा आज नयाँ रेकर्ड बनेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।


यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ कायम भएको हो। मंगलबार चाँदीको मूल्य ४ हजार २५५ रुपैयाँ थियो। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।