घट्यो हवाई भाडा, अब कहाँको कति ?

होमल्याण्ड खबर

२०८२ पुष १८ गते, शुक्रबार १५:५५ मा प्रकाशित

हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि राहत मिल्ने गरी न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो। यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको छ ।

नयाँ भाडा दरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ । यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, काठमाडौं–भद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ, काठमाडौं–विराटनगर उडानको तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा घटेर अब ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएकाे छ ।

कुन उडानमा कति भाडा घट्यो ?

काठमाडौं–माउन्टेन फ्लाइट : २१०

काठमाडौं–भद्रपुर : १८०

काठमाडौं–विराटनगर : १४०

काठमाडौं–जनकपुर : ७५

काठमाडौं–पोखरा : ९५

काठमाडौं–भरतपुर : ६५

काठमाडौं–भैरहवा : १२५

काठमाडौं–नेपालगञ्ज : १९५

काठमाडौं–धनगढी : २६५

काठमाडौं–तुम्लिङटार : ११०

काठमाडौं–सिमरा : ५५

काठमाडौं–सुर्खेत : २१०

काठमाडौं–राजविराज : १२५