तोलामै २१ सयले घट्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८२ पुष २० गते, आईतवार १०:५४ मा प्रकाशित

नेपाली बजारमा आइतबार (पुस २०) सुन तोलामै २१ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ छ ।

गत साताको अन्तिम दिन शुक्रबार (पुस १८) मा प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदी तोलाको २५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने चार हजार ५२५ रुपैयाँ थियो ।