सुनको मूल्य २१ सयले बढ्यो, चाँदी घट्यो

होमल्याण्ड खबर

२०८२ पुष २५ गते, शुक्रबार ११:२८ मा प्रकाशित

शुक्रबार सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बिहीबार २ हजार रुपैयाँले घटेको सुन आज २  हजार १ सयले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार २ हजार १ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख  ६७ हजार ८०० कायम भएको छ। बिहीबार प्रतितोला सुन २ लाख ६५ हजार ७०० पुगेको थियो।

यसदिन सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। एक तोला चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँमा झरेको छ। बिहीबार सोही परिमाणको चाँदी  ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।