आज सुनको मुल्य हालसम्मकै उच्च

होमल्याण्ड खबर

२०८२ पुष २७ गते, आईतवार ११:२४ मा प्रकाशित

साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८ सय रुपैयाँले बढेर दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य २८ सय रुपैयाँले बढेर दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २१० रुपैयाँले बढेर प्रतितोला ४९९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३१ हजार ९ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२७८ रुपैयाँ कायम भएको छ ।