२२ फाल्गुन २०८२, शुक्रबार
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५.५४ अंकले घटेर बन्द भएको छ ।
गत बिहीबार ४.५९ अंकले बढेर नेप्से २ हजार ६ सय ४०.५४ विन्दुमा बन्द भएको थियो । तर त्यो वृद्धि सोमबारसम्म टिकेन । आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द भयो । एकैपटक सोमबार खुलेको बजार साढे ५ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३५ विन्दुमा ओर्लेको छ ।


सोमबार कारोबारमा आएकामध्ये ७५ कम्पनीको सेयर मूल्य बढ्यो, १७८ कम्पनीको मूल्य घट्यो र ७ कम्पनीको स्थिर रह्यो । यस दिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से साढे ५ अंकले घटेको हो ।
सो दिन दिन कुल ७८ हजार ८ सय ८ पटकको सेयर कारोबारमा १ करोड २० लाख ९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक सामान्य सकारात्मक रहे । बाँकी नौ उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से घटेर बन्द भएको हो ।