सेयर बजारमा सामान्य सुधार, ७ अर्बको कारोबार

होमल्याण्ड खबर

२०८२ पुष २९ गते, मंगलवार १६:५१ मा प्रकाशित

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो ।

मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा सामान्य अंकले घटेको थियो । तर, कारोबार बन्द हुँदा नेप्से ४.९० अंकले बढेर २६३९.९१ पुगेको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार करिब ५० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा कारोबार भएको १ सय १८ कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो । थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० र दोर्दीको ९.३८ प्रतिशत बढेको छ ।