२२ फाल्गुन २०८२, शुक्रबार
साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


यता चाँदीको मूल्य ४४० रुपैयाँले घटेर प्रतितोला ७०६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६०५७ रुपैयाँ कायम भएको छ ।