झिनो अंकले घट्यो नेप्से

होमल्याण्ड खबर

२०८२ माघ २२ गते, बुधबार १५:२६ मा प्रकाशित

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले घटेर बन्द भएको छ । मंगलबार १२.५८ अंकले घटेर बन्द भएको नेप्से बुधबार १.६४ अंकले घटेको हो ।

मंगलबारको तुलनामा ०.०६ प्रतिशतले घटेपछि बुधबार समग्र नेप्से २ हजार ६ सय ८१.५० अंकमा ओर्लेको छ । सो दिन कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १३४ कम्पनीको मूल्य घट्यो । र बाँकी १३ कम्पनीको स्थिर रहयो ।

बुधबार कुल ८० हजार ४ सय २२ पटकको सेयर किनबेचमा १ करोड ६६ लाख ६२ हजार ६ सय २६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार सेयर बजारमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।