सुनको मुल्य तोलामा ४ हजार दुई सयले घट्यो

होमल्याण्ड खबर

२०८२ माघ २४ गते, शुक्रबार १०:४६ मा प्रकाशित

नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।

यससँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।

बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार हुनेछ ।

अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।