तोलामा ११ सय बढ्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८२ माघ २९ गते, बुधबार १३:०३ मा प्रकाशित

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय र चाँदीको ५० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अनुसार मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ यसअघि मंगलबार तीन लाख पाँच हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्ता मंगलबार प्रतितोला पाँच हजार दुई सय ४० रुपैयाँमा खरिद बिक्री भएको असली चाँदीको भाउ बुधबार बढेर पाँच हजार दुई सय ९० रुपैयाँमा कायम भएको महास‌ंघले जनाएको छ ।